कालिका नगरपालिकाको नगर सभा : योजना संशोधन सहित कार्यविधि पारित

कमल राज ढकाल/ पुस २८ कालिका - कालिका नगरपालिकाले १२औं नगर सभा हिउदे अधिवेशन गरेको छ ।कालिका नगरपालिकाका मेयर विनोद रेग्मीको अध्यक्षतमा सम्पन्न भएको नगर सभा योजनाहरुसंशोधन सहित कार्यविधि पारित गरेको छ ।

नयाँ निर्वाचित जनप्रतिनिधिहरुले ११औं नगर सभाबाट ल्याएका नगर विकासका योजनाहरुलाई प्राथमिकताका संशोधन गरिएको छ । नगर सभाले पत्रकार,जनप्रतिनिधि र कर्मचारीहरुको दुर्घटना बिमा सम्बन्धी कार्यविधि समेत पारित गरेको सुचना अधिकारी प्रकास पौडेलले जानकारी दिए ।

नगर सभामा विभिन्न सातबटा विषयगत समितिको प्रतिवेदन समेत प्रस्तुत गरिएको छ । न्याय तथा विधायन समितिको प्रतिवेदन कालिका नगरपालिका उपमेयर विमला तामाङ, सुशासन तथा प्रशासन समितिको प्रतिवेदन संयोजक दीपक बहादुर भट्टराई,आर्थिक विकास समितिको प्रतिवेदन संयोजक दीपक सिंह परियार,सामाजिक विकास समितिको प्रतिवेदन संयोजक मकरमान श्रेष्ठ, पूर्वाधार विकास समितिका प्रतिवेदन संयोजक लक्ष्मण पौडेल,वन बाताबरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन संयोजक बीरेन्द्र तामाङ र लेखा समितिको प्रतिवेदन संयोजक टीकाराम रेग्मीले प्रस्तुत गरेका थिए ।

नगर सभामा प्रस्तुत भएका प्रतिवेदन छलफल पछि पारित भएको सुचना अधिकारी पौडेलले जानकारी दिए । नगर सभामा मेयर विनोद रेग्मीले नगरको विकास र बेरुजु नहुने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएका छन् । प्राथमिकताका आधारमा हामीले केही योजनाहरुलाई संशोधन गरेका छौं उनले भने नगरबासीले अनुभूति गर्ने खालका योजनालाई महत्व दिएका छौं ।

प्रतिक्रिया