काठमाण्डौ – नेपाली बजारमा सोमबार सूनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले आरोलो लागेको हो ।
महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोल ८७ हजार २०० रुपैयाँ, तेजावी ८६ हजार ७५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २३५ रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ, तेजावी ८६ हजार ९५० रुपैयाँ र चाँदी १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।