इन्धनको मूल्य फेरि बढ्यो

काठमाडौं । करिब तीन साता पहिला मात्र इन्धनको मूल्य बढाएको आयल निगमले मङ्गलबार राती देखि लागू हुने गरी साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।

बढे पछिको मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु. १२० र डिजल र मट्टीतेलको रु. १०३ रूपैयाँ कायम भएको छ । पेट्रोलियम पदार्थको मूल्य आइतबार राति १२ बजेबाट लागू हुने गरी बढेको हो ।

खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् रहेको निगमले जनाएको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार निगमले इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय