आईतबार सार्वाधिक कमाउन ७ कम्पनीहरु यस्ता छन

काठमाण्डौ – आइतबार नेप्से र कारोबार रकम दुवैमा उछाल आयो । आजको बजार बृद्धिसँगै नेप्सेले उच्च विन्दु कायम गर्ने लयमा रहेको छ ।

आज शेयर बजारमा २ सय १२ कम्पनीको शेयर कारोबार भएका मध्य ७ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । ती सात कम्पनीहरु यस्ता छन ।

१.वामी माईक्रोफाइनान्स

विगत केहि दिन देखि यो कम्पनीको शेयर मूल्यमा सर्किट लाग्दै आएको छ । आजको सर्किटसँगै कम्पनीको शेयर मूल्य १५०८ पुगेको छ । यो कम्पनीको शेयर मुल्य आज १० प्रतिशतको हाराहारीमा बृद्धिभएको थियो ।

२.जनरल इन्स्योरेन्स कम्पनी

यो कम्पनीका शेयर धनि पनि आज मालामाल भएका छन । यो कम्पनीको पनि करिव १० प्रतिशतले शेयर मूल्यमा बृद्धि भएको छ । आजको बृद्धिसँगै कम्पनीको शेयरमूल्य ७ सय ९३ पुगेको छ ।

३.राधि विद्युत कम्पनी

आज एउटा जलविद्युत कम्पनीले पनि सर्किट हानेको छ । यो कम्पनीको शेयर मूल्य करिव दश प्रतिशले बढेर ४ सय ४१ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज सर्किट हान्ने अन्य कम्पनीहरुमा आईएमई जनरल इन्स्योरेन्स,एनआईसी एसिया लद्युवित्त,सानिमा जनरल इन्स्योरेन्स र सन्जेन जलविद्युत कम्पनीको शेयर मुल्यमा पनि सर्किट लागेको छ ।

प्रतिक्रिया