काठमाण्डौ – साताको पहिलो दिने नेप्से र कारोबार रकममा उछाल आएको छ ।
पछिल्लो समय निरन्तर बढिरहेको बजारलाई आईतबारको कारोबारले पनि साथ दियो । आज एक महिना यताकै सबै भन्दा धेरै कारोबार हुँदा विमा कम्पनीहरुका शेयर धनिहरुले सबै भन्दा धेरै कमाए ।
आइतबार नेप्से २३ अंकले बढ्यो भने कारोबार रकम ९ अर्व नजिक पुग्यो । ७ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार हुँदा नेपाल पूर्वाधार विकास बैकको सबै भन्दा धेरै कारोबार भयो ।
आज २ सय १२ कम्पनीहरुको शेयर कारोबार भएकोमा १ सय ६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १७ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
नेप्सेका अधिकांस उपसूचकहरुमा हरियाली छायो तर होटल र उत्पादन मूलक क्षेत्रको उपसूचक भने घटेको छ ।