काठमाण्डौ – बाँकेको नरैनापुरमा भिषण आगलागि भएको छ । आगलागिमा परी ६० भन्दा धेरै घर जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा चलेको आगलागीबाट धेरै घर जलेका छन् । सो घटनामा परी एक जना महिला घाइते भएको र अहिले उपचारको लागि नेपालगञ्ज लागिएको छ ।
स्थानिय दमकलको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ । आगलागीबाट के कति मानवीय क्षति भयो भन्ने अझ सम्म पनि यकिन हुन सकेको छैन ।