मंगलबारदेखि नयाँ आइपीओ

काठमाडौं । नयाँ वर्ष लागेसँगै धमाधम आइपीओ आउने मिति तय भइरहेको छ । यसैबीच नयाँ कम्पनीले बैशाख १३ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ । 

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले बैशाख १३ गतेदखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने तय गरेको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु साविक भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार ९१–८० लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा छिटोमा बैशाख २७ गते र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानिय लगानीकर्ताले न्यूनतम १० कित्तासम्म र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओमा सिद्धार्थ बैंक लिमिटेड बेलीशहर शाखा लमजुङ्ग, ग्लोबल आइएमई बैंक लिमिटेड सेरा बजार दोर्दी, कामना सेवा विकास बैंक लिमिटेड बेसीशहर शाखा लमजुङ्ग, मुक्तिनाथ विकास बैंक बेसीशहर शाखा लमजुङ्ग र एनएमबि बैंक लिमिटेड बेसी शहर शाखा लमजुङ्ग र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गdordर्दछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय