क्यामेरामा कुशल बन्दै सुनिल भण्डारी

काठमाडौं - मेहनत गर्नेहरूका लागि नेपालमै धेरै सम्भावना छ भन्ने कुराको उदाहरण हुन् क्यामराम्यान सुनिल भण्डारी। सानो कद र हँसिलो अनुहार भएका सुनिलले छोटो समयमै भिडियो छायांकन क्षेत्रमा कुशल र सम्भावना भएको क्यामराम्यानको रूपमा आफ्नो पहिचान बनाएका छन्।

दैनिकजसो म्युजिक भिडियोको कामले व्यस्त रहेका सुनिलले आर्थिक सन्देशसँगको भेटको दिन बागलुङको सिगानामा हेमन्त खड्काको लोकगीतको छायांकन गरिरहेका थिए। मेहनती, मिलनसार र हँसिलो स्वभाव भएका कारण आजभोलि उनी धेरै निर्देशकको रोजाइमा पर्न थालेका छन्।

सुनिल मेहनतको साथ अघि बढेमा सफल बन्न सकिनेमा विश्वास राख्छन्। आफूले सधैं कामलाई सम्मान गर्ने र मेहनत गर्ने गरेको उनको भनाइ छ। उनले खिचेको "छैन सुख भो" गीत निकै चर्चामा आएको थियो। काम सुरु गरेको छोटो समयमै उनले करिब सयवटा गीतमा आफ्नो कुशलता प्रस्तुत गरिसकेका छन्।

निर्देशकहरू पनि उनीसँग काम गर्न सहज हुने बताउँछन्। निर्देशक प्रेम थापाले भण्डारीले यो क्षेत्रमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय