नबिल सबैभन्दा धेरै कर तिर्ने बैंक

काठमाडौ— नबिल बैंक सबैभन्दा बढि कर्पाेरेट ट्याक्स तिर्ने बैंक भएको छ । आर्थिक वर्ष ०७५÷२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये बैंकहरुमा सबैभन्दा धेरै कर तिरेको हो । धेरै कर तिरेकाले नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्रले सम्मानित गरेको छ ।बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड रुपैयाँ कर सरकारलाई तिरेको थियो ।

पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौ पटक हो । बैंकले व्यापार प्रवर्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको छ । नबिल बैंक मुलुकको धेरै बैंकिङ गतिविधिहरुको लागि पायोनियर बैंक हो । नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ ।

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरिसकेको छ ।

प्रतिक्रिया