काठमाडौं–पुँजी बजारमा बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २१ अंक बढेको छ । मंगलबार ३२.१५ अंक बढेर २५७५.६७ विन्दुमा बन्द भएको नेप्से, बुधबार सो सेसनमा २०.९९ अंक बढेर २५९६.६६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.३२ अंक बढेको छ ।
बुधबार प्रि ओपन सेसनमा ५९ कम्पनीको १ करोड ५६ लाख ४ हजार २० रुपैयाँ बराबरको ३१ हजार ८५५ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ५३ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो अवधिमा स्थिर रहेको छ ।