काठमाण्डौ – प्राय धेरै समय समस्या आउने र कमै समय राम्रोसँग काम गर्ने सीडीएससीको मेरो शेयरले आज पनि लगानीकर्तालाई निकै दुखि दिएको गुनासो आईरहेको छ ।
प्राथमिक शेयर निष्कासन र नजिताबो समयमा समस्या आउने मेरो शेयरको अनलाई र एस दुवैमा समस्या आउने गरेको छ । आज पनि यस्तै समस्याले सेवाग्राही पिडित बनेको सामाजिक सञ्जालमा गुनासो गरेका छन ।
मेरो शेयरमा मंगलबार बिहानैदेखि लगइन गर्न समस्या हुँदा लगानीकर्ता क्लोजआउटमा पर्ने हो कि भन्ने डर बढेको छ।
सोमबार बिक्री गरेको शेयरको मंगलबारसम्ममा इडिआइएस गर्नुपर्ने हुन्छ। तर मेरो शेयर नै नचलेपछि इडिआइएस गर्न नसकिएको लगानीकर्ताहरुले बताएका छन्। लगानीकर्तालाई बिक्री गरेको शेयरको इडिआइएस गर्न समस्या भएको छ।