काठमाडौं– दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । उन्नति सहकार्य र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलीदेखि बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ ।
यी दुवै लघुवित्तले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि चैत १८ गते बुक क्लोज गर्दैछन् । यसको अर्थ आज चैत १७ गतेसम्म कायम सेयरधनीहरुले यी दुवै कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
उन्नति सहकार्यले गत आर्थिक वर्षका लागि १७.८१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित बोनस सेयर संस्थाको यही चैत ३१ गते हुने छैटौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ ।
यसैगरी आरम्भ चौतारीले कुल ८.८५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । प्रस्तावित बोनस सेयर संस्थाको यही चैत ३१ गते हुने पाँचौँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।