अजोड इन्स्योरेन्सले शेयर निष्कासन गर्ने

काठमाडौं– विभिन्न बीमा कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासन गरिरहेको बेला अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय आगामि साधारणबाट गर्ने भएको छ।

प्रस्ताव पारित गर्न इन्स्योरेन्सले बैशाख ७ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गरेको छ । साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ अनुपात हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत २४ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया