भारतबाट कोरोना लिएर फर्किदै नेपाली,पछिल्लो समय भित्रिने नेपालीमा कोरोना देखियो

धनगढी – खुल्ला सिमानाका कारण भारत र नेपालको सुरक्षा चुनौती अत्यन्तै कठिन रहेको विगतले देखाइ सकेको छ । सबै भन्दा धेरै नेपाली रोजगारीको लागि भारतमा छन् ।

उनीहरू अहिले भारतमा कोरोना बढेसँगै नेपाल फर्किन थालेका छन् । उनीहरुले फर्किदा कोरोना पनि सँगै दिएर फर्किने गरेका छन् । यसले नेपालमा दोर्साे चरणको कोरोना भित्रिन सक्ने जोखिम बढेको छ ।

प्रादेशिक अस्पताल अन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा आज गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पताल श्रोताले बतायो ।

अस्पताल स्रोतका अनुसार कोरोना सङ्क्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका–३ का ३४ वर्षीय पुरुष, सोही वडाका ३० वर्षीया महिला र वडा नं २ का ३० वर्षीय पुरुष रहेका छन् । त्यसैगरी भारतबाट आएका धनगढी–१ का ३० वर्षीया महिला, डोटीको केआई सिङ गाउँपालिका–६ का ५८ वर्षीया पुरुष, कञ्चनपुर शुक्लाफाँटा–११ का २२ वर्षीया पुरुष र कृष्णपुर–६ का २२ वर्षीया महिलामा कोरोना सङक्रमण देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय