काठमाण्डौ । नेपालका २५ लाख हाराहारीमा युवा विदेशमा छन । कोहि अध्यनको लागि त्यहा पुगेका हुन भने कसैले जीवन धान्नको लागि । विदेशमा ठुला ठुला सपना बोकेर जाने सबैको सपना साकार भने हुँदैनन् । दैनिक ५ भन्दा धेरै नेपालीहरु काठको बाकसमा स्वदेश फर्किने गरेका छन ।
यस्तै एउटा दुखद खबर भर्खर बाहिरिएको छ । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएको दुई महिना नपुग्दै नेपाली विद्यार्थी काठमाडौं गल्फुटारका सुजन बस्नेत मृत भेटिएका छन ।
जनवरी १७ मा उच्च शिक्षा अध्यनको लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको यो घटनाक्रमले एक पटक फेरि नेपाली समुदायले तरंगित पारिदिएको छ।
मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धानको लागि उनको शव लिडकमस्थित शवगृहमा राखेको छ। यसरी एउटा नेपाली युवाले अस्ट्रेलियामा पढाइ सुरू नगर्दै मृत्युवरण गरेको घटनाले निकै दुःखी बनाएको छ ।
अहिले सुजनको शवलाई नेपाल पठाउन आफूहरूले सहयोग संकलनसमेत सुरू गरेको जानकारी दिए।