काठमाण्डौ – चार दिनको विदा पछि आईतबार खुलेको शेयर बजार प्रिओपनिङ सेसनमा करिव १० अंकले बढेको छ ।
यो सेसनमा आज ३७ कम्पनीहरुको शेयर कारोबार भएको छ जस मध्य लद्युवित्तको शेयर मूल्य सबै भन्दा धेरै बढेको छ । कारोबार भएका मध्य २७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य घट्दा ४ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
यो सेसनमा आज ७२ लाख भन्दा धेरैको कारोबार भएको छ ।