काठमाण्डौ – रंगहरुको पर्वको रुपमा लिइन्छ होली । आफ्ना दुःख बिर्सेर खुसी साटा साट गर्ने गरी यो पर्व मनाइने गरिन्छ ।
तर यही पर्वले बागलुङको एउटा गाउँमा भने शोक निम्ताएको छ । घटना आईतबार दिउँसोको हो । बडिगाड–१० दर्लिङ बल्देधुरीमा होली खेल्ने विषयमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । पछिल्लो समयको प्रहरीको जानकारी अनुसार हराईरहेका मध्य १० जना युवा परिवारको सम्पर्कमा आएका छन । उनीहरु मध्य अधिकांस घाइते अबस्थामा रहेका छन ।
घटना स्थल तर्फ इलाका प्रहरी बुर्तिबाङको टोली पुगिसकेको गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । झडपमा परी निसीखोला–७ राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । मृत्यु हुने दुवै काँग्रेस कार्यकर्ता भएको भन्दै नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयले एक विज्ञेप्ती जारी गर्दै घटना दुखद भएको भन्दै सत्यतथ्य पत्तालगाई दोषीमाथि कडा कारवाही गर्न आग्रह गरको छ ।