काठमाडौँ – रंगहरुको पर्वको रुपमा लिइन्छ होली । आफ्ना दुःख बिर्सेर खुसी साटा साट गर्ने गरी यो पर्व मनाइने गरिन्छ ।
तर यही पर्वले बागलुङको एउटा गाउँमा भने शोक निम्ताएको छ । घटना आईतबार दिउँसोको हो । बडिगाड–१० दर्लिङ बल्देधुरीमा होली खेल्ने विषयमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटना स्थल तर्फ इलाका प्रहरी बुर्तिबाङको टोली पुगिसकेको गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।