काठमाडौ – काकाकुल उपत्यका बासीले विगत ४० वर्षदेखि देखेको मेलम्ची सपना अन्ततः आज पूरा भएको छ ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले चैत्र १५ गतेदेखि पानी पुरानो वितरण प्रणाली बाटै पठाउन लागेको हो ।
परीक्षणकै क्रममा रहेको नयाँ वितरण प्रणालीमा भने बिस्तारै पानी पठाइने लिमिटेड ले जनाएको छ ।
आईतबार अनामनगर, मिनभवन, महाँकालचौर, महाराजगञ्ज, बाँसवारी, बालाजुलगायत ठाउँका पुरानै ट्यांकीमा पानी भरे घरघरमा पठाउन लागिएको हो ।