काठमाण्डौ – रंगहरुको पर्व हो होली । वर्ष भरिको दुःख बिर्सेर नयाँ सुरुवात गर्ने र एक अर्को बीच हर्ष उल्लास मनाउन रंग लगाएर होली मनाइने गरिन्छ ।
नेपालमा सरकारले होली मनाउनको लागि सार्वजनिक बिदा समेत दिएको छ । खास गरी नेपालमा २ दिन होला मनाउने चलन छ । पहाडी भेगमा आज र तराई भेगमा भोलि ।
अघिल्लो वर्ष र यो वर्ष होली त्यति उल्लासमय नहुने देखिएको छ । अघिल्लो वर्ष पनि कोरोना महामारीका कारण सर्तकता अपनाइएको थियो भने यो वर्ष पनि सरकारले घरमै बसेर होली मनाउन अनुरोध गरेको छ ।
साथै जथाभावी रंगको प्रयोग नगर साथै फोहोर पानीले होली नखेल्न चिकित्सकहरुले आग्रह गरेका छन् ।