काठमाण्डौ – नेपाल र बंगलादेश बीच भएको आजको खेल पनि बराबरीमा रोकिएको छ । बराबरी भए पनि नेपाल र बंगलादेश फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार दशरथ रंशगालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
यसअघि बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यु-२३ टिमलाई १-० गोलले पराजित गरेको थियो। नेपाललाई भने किर्गिस्तानले गोलरहित बराबरीमा रोकेको थियो।
नेपालले पुरै आक्रमक खेलेको पुरै खेलमा राम्रो अवसरहरुलाई गोलमा बदल्न सकेन ।