• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार

दुर्घटनामा परी ३२ जनाको मृत्यु, ६६ घाइते

एजेन्सी । इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार गराइएको छ । दुई रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जाँदै गरेको रेल एक आपसमा ठोक्किएका हुन् ।

देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेशमा दुर्घटना भएको हो । घटनास्थल राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्दछ । घटनाका बारेमा अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

‘यो दुर्घटना एकदमै डर लाग्दो दुर्घटना हो, आम मानिसले रेल यात्रा गर्न पनि असुरक्षा महसुस गर्न थालेका छन्, रेल यात्रा गर्दा कतिसम्म नराम्रो घटना हुँदो रहेछ भन्ने डर मानिसमा परेको छ एक जना कृषक अहमद रेफातले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया