४ हजारको परीक्षण गर्दा १५६ संक्रमित भेटिए,सार्वजनिक यातायातमा कडाइ गरिने

काठमाण्डौ – पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणका बिरामीहरु बढ्दै गइरहेका छन् ।

केही समय न्यून नदेखिएको संक्रमणदर अहिले भने निरन्तर बढिरहेको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो 24 घण्टामा ४४१६ जनाको pcr परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये १५६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

साथै सो अवधिमा 70 जना सङ्क्रमितहरू निको भएर घर फर्केका छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक यातायातमा कडाइ गर्ने जनाएको छ । अब सार्वजनिक यातायातमा अनिवार्य माक्स लगाएर यात्रा गर्नु पर्नेछ ।

प्रतिक्रिया