चर्चित गित बेनीको बजारका सर्जक श्रेष्ठको निधन

काठमाण्डौ – चर्चित नेपाली गीत बेनीको बजार,जता माया उतै छ नज,किरेमिरे जालेरुाल बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ ।

उहाँको ७५ बर्षको उमेरमा विहिबार बुटवलमा निधन भएको छ । उनको जन्मथलो भने बेनी म्याग्दी हो ।

२०३१ सालमा रेडियो नेपालमा रेकर्ड गराएको उनको गीतले विश्वभरिनै चर्चा पाएको थियो भने नेपाली माझ सदावाहार गीत बनेको थियो । श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेर समेत चिनिन्छ ।

लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा डायलासिस गरिरहनुभएको थियो ।

प्रतिक्रिया