• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

१२ बजेपछि ज्योतिको आईपीओ बाँडफाँड हुने,५ लाख ९४ हजार भाग्यमानीले शेयर पाँउदै

काठमाण्डौ – केहि समय पहिला प्राथामि शेयर निष्कासन गरेको ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ शुक्रबार मध्यान्न देखि बाँडफाँड हुने भएको छ ।

ज्योति लाईफे केन्द्रिय कार्यालय ज्ञानेश्वरमा दिँउसो १२ बजेपछि शेयर बाँडफाँड गरिने विक्रि प्रबन्धकले जनाएको छ । कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो।
कम्पनीको शेयरमा अत्याधिक माग परेका कारण धेरैको हात खाली हुने निश्चित छ । भाग्यमानी ५ लाख ९४ हजारले यो कम्पनीको शेयर १० कित्ताको दरले पाउने छन ।

आफूलाई शेयर परे नपरेको हेर्नको लागि यो पटक सिडिएससी ले बनाएको नयाँ वेबसाईट https://iporesult.cdsc.com.np मा जान सकिने छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय