काठमाण्डौ – आज भन्दा ठिक तीन हप्ता पहिले दोस्रो बजारमा कारोबार सुरु भएको चन्द्रागिरी हिल्सको निकै कम मूल्यमा पहिलो कारोबार भयो ।
शेयरमा चलखेल गर्ने र नयाँ प्रयोगकर्ताले विवेक नपुराउँदा कम मूल्यमा यसको ओपनिङ गरे तर त्यस पछि भने कम्पनीको शेयर मूल्यमा निरन्तर उकालो लाग्यो । कुनै दिन १२ लाख कित्ता सम्मको माग भएको सो कम्पनीको शेयर मूल्य लगातार तेस्रो हप्ताको अन्तिम दिन विहिबार सम्म पनि सर्किट लेवलमा कारोबार भयो ।
एक हजार लगानी गरेका केहि हजार लगानीकर्ताहरु यो विचमा मालामाल भएका छन । अर्थात एक हजार लगानी गरेर २० हजार कमाउन सफल भएका छन । विहिबार सो कम्पनीको शेयर मूल्य २ हजार माथि पुगेको छ । आज कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर २ हजार माथि पुगेको हो । आज मात्र कम्पनीको शेयर मूल्य १८९ रुपैयाँले बृद्धि भएको छ ।