हातैका पौजालेपछि कुशल बेलबासेको अर्को उत्कृष्ट सिर्जना सार्वजनिक,सारिका र शिशिरको मनमोहक अभिनय

काठमाण्डौ – केहि समय पहिला सार्वजनिक भएको गीत हातैका पौजाले अत्यधिक चर्चा पाएका सर्जक कुशल बेलबासेको नयाँ गीत सनिसार भर्खर मात्र सार्वजनिक भएको छ ।

आफ्ना उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्न सफल सर्जक बेलबासेले यो पटक पनि फरक र उत्कृष्ट गीत लिएर आएका छन । गीतमा आवाजमा उनलाई पूर्णकला विसीले साथ दिएकी छन ।

गीतलाई कुशल आफैले लय तथा शब्द सिर्जना गरेका छन भने विश्वास नेपालले संगीत संयोजन गरेका छन । गीतको प्रकाश भट्टले उत्कृष्ट कथामा निर्देशन गरेका छन ।

सारिका केसी र शिशिर पौडेलले गीतमा गरेको अभिनय बास्तविका जस्तो देख्न सकिन्छ । समग्रमा गीत उत्कृष्ट बनेको हेर्न सकिन्छ ।

प्रतिक्रिया