काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से २१ अंकले घटेर समग्र बजार २५ सय ४९ विन्दुमा पुगेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने ६ अर्व ५० करोड माथि पुगेको छ । आज कारोबार अवधिमा २ सय ८ कम्पनीहरुको कारोबार भएका थिए । कारोबार भएका मध्य ३७ कम्पनीहरुको शेयर मूल्य बढेको छ जसमा ३ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेवलमा कारोबार भइरहेको छ ।
त्यस्तै आज १ सय २९ कम्पनीको शेयर मूल्य घटेको छ साथै १२ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । नेपाल पूर्वाधार विकास बैकको आज सबै भन्दा धेरै कारोबार भएको छ ।
नेप्सेका अधिकांस उपसूचकहरु घटे भने होटल,लगानी र ब्यापार सूचकहरु भने सामान्य बृद्धि भए ।