काठमाडौं - अभिनेत्री तथा नायिका पुजा शर्माले आफूले किनेको सेयरमूल्य ५० प्रतिशत घट्दा समेत होल्ड गरेर बसेको बताएकी छिन् । एक अन्तरवार्तामा कुराकानी गर्ने क्रममा उनले आफूले सेयर बजारमा लगानी गरेको र अहिले बजार घट्दा आफ्नो पनि पोर्टफोलियो करिव ५० प्रतिशतले घटेको बताएकी हुन् ।
अहिले मेरो पोर्टफोलियो करिव ५० प्रतिशतले घटिसकेको छ तर पनि म यसलाई नराम्रो भन्दिँन’ उनले भनिन् ‘अहिले हामीले उक्त सेयर बेचेका छैनौँ होल्ड गरेर बसेका छौँ मेरो सेयर त घटेको छैन मूल्य मात्र घटेको हो त्यो पक्कै पनि एकदिन त बढ्ला मार्केटले सबैलाई राम्रो भएको थियो तर अहिले विभिन्न संकटका कारण बजार घटेको छ फेरी बढ्ला ।
आफू नै बजारमा संलग्न भएपछि मैले कतिपय सेयर मार्केट रिलेटेड बहसहरु पनि हेर्ने गरेकी छु । हिजो अस्ती २-४ दिन बजार बढ्दा एकदमै खुसी लागेको थियो’ उनले भनिन् । उनले बजारमा आफूले लगानी गरेपनि प्रत्यक्ष रुपमा आफैँले सेयर किनबेच भने नगर्ने बताइन् ।
‘दिनमा कतिको मूल्य बढ्यो र घट्यो भन्ने कुरा चाँही म हेर्छु तर कुन कम्पनी किन्ने कुन बेच्ने भन्ने मलाई थाहा हुँदैन मेरो मान्छेले नै कारोबार गरिदिनु हुन्छ उनले भनिन् ।