काठमाण्डौ । स्तरउन्तिको लागि पुस ४ गतेदेखि बन्द भएको मनकामना केवलकार आजदेखि सञ्चालनमा आएको छ ।
आज देखि नियमित सञ्चालनमा आएको कम्पनीले आर्थिक सन्देशलाई जानकारी दिएको छ । गियर बक्स र टावर मर्मत भएछि केवलकार सञ्चालन गरिएको हो । नेपालकै पहिलो केवलकारले मनकामना मन्दीर दर्शन गर्न जानेहरुको लागि सेवा दिँदै आएको छ । आन्तरीक र बाह्य पर्यटकको लागि यो गन्तव्य निर्क आकर्षीत मानिन्छ ।
केबलकार स्तरोन्नतिको चरणमा रहेको छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो । चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।