४ हजारको पिसिआर परिक्षण गर्दा १४५ कोरोना संक्रमित

काठमाण्डौ – पछिल्लो समय धेरै देशहरुमा कोरोना संक्रमण बढिरहेको बेला त्यसको असर नेपालमा पनि परिरहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९ सय ६३ जनाको पिसिआर परिक्षण गर्दा १ सय ४५ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय ८९ पुगेको छ । यो अवधिमा ९० जना कोराना मुक्त भएका छन । नेपालमा २ लाख ७२ हजार १ सय ८७ जना निको भएका छन ।

प्रतिक्रिया