रविन लामिछानेको उत्कृष्ट शब्द रहेको गीत ‘कलशैमा पानी’ मा सुर्य र सुनिताको आवाज

काठमाण्डौ – उत्कृष्ट शब्द सिर्जना गर्ने सर्जकको रुपमा चिनिएका गायक तथा सर्जक रविन लामिछानको शब्द तथा लय सिर्जना रहेको नयाँ गीत कलशैमा पानी भर्खर मात्र सार्वजनिक भएको छ ।

गरिवीका कारण बैदेशिनु पर्ने नेपालीहरुको कथालाई लिएर रविनले निकै दमदार शब्द सिर्जना गरेका छन भने सुर्य खड्का र सुनिता बुढाको गीतमा आवाज रहेको छ ।

यसो त पचास लाख भन्दा धेरै नेपालीहरु विदेशमा रहेका छन । यस गीतका गायक समेत रोजगारीको शिलशिलामा जापानमा छन । यस्तै लाखौं नेपालीको पिडालाई गीतले देखाउन खोजेको छ । गीतको म्युजिक भिडियोले गीतका शब्द र आवाजलाई समेत न्याय गरेको छ ।

चर्चित युवा निर्देशक विनोद भण्डारीले गीतको कलात्मक निर्देशन मात्र गरेका छैनन् दमदार अभिनय समेत गरेका छन । उनलाई अभिनयमा जुना गुरुङले साथ दिएकी छन ।

प्रतिक्रिया