काठमाण्डौ – दुई हप्ता पहिलाबाट दोस्रो बजारमा प्रवेश गरेको चन्द्रागिरी हिल्सको शेयरले निरन्तर सर्किट हान्दै बुधबार शेयर मूल्य १८ सय ९० पुगेको छ ।
सम्भवत शेयर बजारको इतिहासमै सबै भन्दा धेरै समय सर्किट हान्ने यो पहिलो कम्पनी बन्न पुगेको छ । आज पनि कारोबार सुरु भएको केहि मिनेटमै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको थियो ।
प्रति शेयर आम्दानी यो बर्षको अन्त्य सम्मा ४ प्रतिशत प्रक्षेपण गरिएको कम्पनीको शेयर मूल्य यो लेवलमा पुग्नुलाई जानकारहरु भने सामान्य मान्न तयार छैनन् ।
धेरैले यसको शेयरमा चलखेल भएको गुनासो गरिरहेका छन तर सम्बन्धीत निकायले भने कुनै चासो दिएको छ । आज पनि यो कम्पनीको शेयर माग २ लाख भन्दा धेरै रहेको छ भने विक्री शुन्य रहेको छ ।