काठमाण्डौ – बुधबार प्रिओपनिङ सेसनमा ३६ कम्पनीहरुको कारोबार हुँदा नेप्से करिव २१ अंकले बढेको छ ।
एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य पाँच प्रतिशतले बढ्दा ७८ लाख भन्दा धेरैको कारोबार भएको छ । ३२ कम्पनीको शेयर मूल्य बढ्दा १ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीहरुको मूल्य यथावत रहेको छ ।
यो सेसनमा उपर तामाकोशीको सबै भन्दा धेरै शेयर कारोबार भएको छ ।