सर्जक तथा गायक जीवन कँडेलसँग सुनिता बुढा रिसाको के सारै ? – भिडियो सहित

काठमाण्डौ । टुहुरो जीवन,प्रदेशी बाबा र झल्को आम्चका जस्ता लोकप्रिय गीत दर्शक स्रोतालाई सुनाई सकेका युवा सर्जक तथा गायक जीवन कँडेलको नयाँ गीत माया बैगुनी भर्खर मात्र सार्वजनिक भएको छ ।

सुनिता बुढा र जीवन कँडेलको आवाज रहेको सो गीतमा जीवन आफैले उत्कृष्ट लय तथा शब्द सिर्जना गरेका छन । गीत संगीतमा लागेको एक बर्षको अवधिमा जीवनले निकै प्रगति गरिरहेका छन ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतलाई जीवनले निकै दर्विला शब्द र सुमधुर लय बनाएका छन । गीतको म्युजिक भिडियो समेत दमदार बनाईएको छ ।

मौषम हिमालीले निर्देशन गरेको सो गीतमा रुविना अधिकारी र लोमस शर्माको नृत्य देख्नि सकिन्छ । जीवनको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई आफ्नो विगतका गीतलाई जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफु आशावादी रहेको जीवनले आर्थिक सन्देशलाई बताउनु भयो ।

प्रतिक्रिया