किसान लघुवित्तको शेयर कारोबार रोक्का, तीन दिने स्पष्टिकरण

काठमाडौं–शेयर मूल्यमा प्रभाव पार्ने सूचना सार्वजनिक गरेको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था को दोस्रो बजारमा कारोबार रोक्का गरेको छ । नेप्सले किसान लघुवित्तसँग स्पष्टिकरण पनि सोधेको छ ।

लघुवित्तको चैत ६ गते बसेको बैठकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको थियो । नेप्सेले समयमै सूचना नदिएको र गलत सूचना दिएको नेप्सेले जनाएको छ । वार्षिक साधारण सभाको सूचना चैत ९ गते दिउसो ३ः५६ बजे मात्रै पठाएको र फेरी चैत १० गते संशोधन गरी प्रकाशित गरेको थियो । संशोधित सूचनामा लघुवित्तले हकप्रद निष्काशन गर्ने प्रस्ताव हटाएको थियो । नेप्सेले लघुवित्तलाई तीन दिन भित्र स्पष्टिकरण माग गरेको छ ।

प्रतिक्रिया