काठमाण्डौ । अनलाईन भुक्तानीलाई प्रोत्साहन गर्ने लक्ष लिएको सरकारले काम भने उल्टो गर्दै गइरहेको छ । यसको पछिल्लो उदाहरण हो विद्युत महसुलमा लिएको अतिरिक्त शुल्क ।
नेपाल विद्युत प्राधिकरणले अनलाईबाट विद्युत महसुल भुक्तानी गर्दा अतिरिक्त शुल्क लाग्ने ब्यवस्था गरेको छ । उसले सेवा शुल्कको सिलिङ नै निर्धारण गरेको छ ।
अब देखि उपभोक्ताले ५ सय १ भन्दा धेरै म शुल्क तिर्दा पाँच रुपैयाँ शुल्क लाग्ने छ । सबै भुक्तानी सेवाप्रदायक कम्पनीहरुले यहि सेवा शुल्क लिएर सेवा दिनु पर्ने छ ।
प्राधिकरणको नियमअनुसार कुनै पनि सेवाप्रदायकले एक महिनाभित्र पटक–पटक भुक्तानी गरेमा एकपटक मात्र शुल्क लगाउनसक्ने छ। महिनामा एकपटकभन्दा बढी शुल्क लगाउन पाइने छैन।