चार्ज गर्दै मोवाइल चलाउने बानी छ ? होसियार ,अछाममा मोबाइल पड्किँदा एकको ज्यान गयो

काठमाण्डौ – तपाई धेरैमा यो बानी छ कि मोवाईल चार्ज गर्दै चलाउने । तर यो गल्तीले तपाईको ज्यानै जान पनि सक्छ है । होसियार हुनुहोला ।

मोवाईल चार्ज गर्दै चाउने क्रममा अछाममा एक युवतीको ज्यान गएको छ । उनले फिल्म हेर्दै गरेकी थिइन । मङ्गलसेन नगरपालिका १ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज्यान जाने युवती कुन्ति माध्यमिक विद्यालयमा ६ कक्षामा अध्यनरथ थिइन । मोबाइल पड्केर गम्भीर घाईते भएकी उनलाई जिल्ला अस्पताल अछाममा उपचारका क्रममा ज्यान गएको थियो ।

प्रतिक्रिया