फुल पहेलैको सफलतापछि इश्वर र शिवको जोडीले ल्याए नयाँ गीत मेरो हजुर

काठमाण्डौ – आज भन्दा एक बर्ष पहिला फुल पहेँलै बोलको गीत मार्फत राम्रो चर्चा बटुल्न सफल भएको धौलागिरीका युवाहरुले नयाँ गीत सार्वजनिक गरेका छन ।

सर्जक शिव अखेलीका उत्कृष्ट शब्द र इश्वर सिँहको लय सिर्जना रहेको पछिल्लो गीत मेरो हजुरमा पनि फुल पहेँलैमा जस्तै सुमधुरता र उत्कृष्टता पाउन सकिन्छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतमा इवर सिँह र माया गुरुङको आवाज रहेको छ । गीतको सम्पुर्ण पक्ष उत्कृष्ट बनेको छ ।

दुर्गेश थापा र एन्जेल श्रेष्ठको अभिनय रहेको गीतलाई पाका निर्देशक शिव विकले निर्देशन गरेका छन । कृष्ण विकको संगीत संयोजन रहेको गीतलाई इश्वर आफैले युउटुव च्यानलबाट सार्वजनिक गरेका छन ।

प्रतिक्रिया