काठमाण्डौ – दुई साता अघिबाट कारोबार सुरु भएको चन्द्रागिरी हिल्सको शेयर मूल्यमा मंगलबार पनि कारोबार सुरु भएको पहिलो मिनेटमै सकारात्मक सर्किट लागेको छ ।
लगातार तेस्रो हप्तामा सर्किट सहित कारोबार सुरु भएको कम्पनीको शेयर मूल्य १७ सय १९ पुगेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्यमा ३ लाख हाराहारीको माग रहेको छ ।
कम्पनीको शेयर मूल्य २ हजार आसपास पुग्न सक्ने जानकारहरु बताउछन । शेयर कारोबार सुरु भएको यति लामो सम्म सर्किट लागेर शेयर मूल्य बृद्धिभएको सम्भवत यो पहिलो कम्पनी हो । एक हजार लगानी गरेका शेयर धनिहरुले करिव 17 हजार कमाउन सफल भएका छन ।