काठमाण्डौ – साताको तेस्रो दिन प्रिओपनिङ सेसनमा नेप्से १० अंकले बढेर समग्र बजार २५ सय २४ विन्दुमा पुगेको छ ।
यो सेसनमा ३७ कम्पनीहरुको कारोबार भएको थियो भने २३ कम्पनीको शेयर मूल्य बढेको छ त्यस्तै ७ कम्पनीहरुको शेयर मूल्य घटेको छ । ७ कम्पनीको शेयर मूल्य यथावत रहँदा ५६ लाख माथिको कारोबार भएको छ ।
दुई दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य ५ प्रतिशतको हाराहारीमा बृद्धिहुँदा उपर तामाकोशीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।