काठमाडौं – पछिल्लो समय काठमाण्डौमा धेरै रोधीघरहरु सञ्चालनमा आइरहेका छन । घरमा बसि बसि चर्चित कलाकारहरुको दोहोरी हेर्न पाइनुका साथै कलाकारहरुले समते आम्दानी गर्ने बाटो रोधीघरबाट बनाइरहेका छन ।
यसै विच लामो समय देखि गीतसंगीतमा लागिरहेको इनेपाल ग्रुपले इनेपाल रोधी घर सञ्चालनमा ल्याउने भएको छ ।
सो ग्रुपका सञ्चालक राजन क्षेत्रीले दिएको जानकारी अनुसार इनेपाल रोधी घर यहि मिति २०७७ चैत ११ गते बाट सन्चालनमा आउने छ । सो रोधि घरलाई गायिका तथा सभासद कोमल ओलीले उद्घाटन गर्ने योजना रहेको क्षेत्रीले आर्थिक सन्देशलाई बताउनु भयो ।
कार्यक्रम चलचित्र विकास बोर्डको हल बालाजुमा आयोजना हुन गइरहेको छ ।