युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले नेपाली गीत फुलबुट्टे सारीमा आवाज दिए पछि चर्चामा

काठमाण्डौ – नेपाली चर्चित गीत फुबुट्टे सारिमा सुरिलो आवाज दिएपछि युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासी यतिबेला निकै चर्चामा छिन ।

उनको आवाजको धेरै नेपाली फिदा समेत भएका छन । नेपाली गीतलाई उनले निकै न्याय गरेर गायको आवाजबाट प्रष्ट हुन्छ ।

गीतलाई राजन राज शिवाकोटीले सिर्जना गरेका हुन । लकडाउन पछि सार्वजनिक भएको सो गीतले समेत युउटुवमा ४ करोड भन्दा धेरै दर्शक बनाएको छ ।

प्रतिक्रिया