करोड क्लवको यात्रामा बाबु कृष्ण र शान्तीको चौका दाउ,दुई हप्तामा ५७ लाख दर्शक

काठमाण्डौ – सम्भवत लोकदोहोरीमा सार्वजनिक भएको छोटो समयमै ५० लाख भन्दा धेरै दर्शक बनाउने गीतमा पर्छ गीत चौका दाउ ।

सार्वजनिक भएको २ हप्तामा गीतले ५७ लाख भन्दा धेरै दर्शक बनाएको छ । गीतलाई सामाजिक सञ्जाल टिकटकमा अत्यधिक प्रयोग कर्ताले यो गीतको भिडियो बनाएका छन । यो गीतमा ३ लाख भन्दा धेरै भिडियो बनिसकेका छन । हिजो राती सपनीमा र रातभरी तानेर बोलको टुक्कामा यो गीतका धेरै भिडियो बनेका छन

गीतलाई ४ हजार भन्दा धेरै प्रतिक्रिया आउका छन भने धेरैले गीतलाई राम्रो भएको प्रतिक्रिया दिएका छन ।

बाबु कृष्ण परियार र शान्ती श्री परियारको आवाज रहेको सो निकै रमाइलो गीतको सम्पुर्ण पक्ष निकै दमदार र उत्कृष्ट रहेको छ । गीतलाई विजय चन्द दपर्णले शब्द सिर्जना गरेका हुन परियारकै लय सिर्जना रहेको छ ।

गीतलाई सुनिल क्षेत्रीले निकै मेहनत गरेर निर्देशन गरेका छन भने सुनिल क्षेत्रीका अलावा गित ढुङ्गानाको अभिनय रहेको छ ।

प्रतिक्रिया