काठमाण्डौ – केहि दिन देखि निरन्तर उकालो लागेको शेयर बजारमा आज पनि ब्रेक लागको छ ।
सोमबार नेप्से २४ अंकले घटेर २५ सय १४ विन्दुमा आएको छ । आज बजारमा कारोबार भएका २ सय ११ कम्पनीहरु मध्य १ सय ३८ कम्पनीको शेयर मूल्य घटे पछि नेप्से ओरालो लागेको हो ।
दुई कम्पनीको शेयर मूल्यमा सर्किट सहित ३३ कम्पनीको शेयर मूल्य भने बढेको छ । त्यस्ते आज ८ कम्पनीहरुको शेयर मूल्य यथावतनै रहेको छ ।
जलविद्युत र होटल समूह बाहेक आज सबै उपसमूहको सूचक घटेका छन । लाईफ इन्स्योरेन्सको उपसमूह ३ सय अंक भन्दा धेरैले घटेको छ । नेप्से घटे पनि ६१ हजार भन्दा धेरै पटक ५ अर्व ३४ करोड भन्दा धेरैको कारोबार भएको छ ।
आज उपर तामाकोशीको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।