४० बर्ष जेल बसेका दुर्गा प्रसादलाई क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाण्डौ – आफ्नो जिवनकालको पुरै समय जेलको घेरा भित्र विताएका इलामका दुर्गा प्रसाद तिम्सिनाले क्षतिपूर्ति समेत पाउने भएका छन ।

यसो उनको यो अमूल्य जीवनको विगत कसैले पनि फिर्ता गर्न सक्दैन तर पनि निर्दोष रुपमा यति लामो समय जेल जीवन विताएका उनलाई कलकत्ता उच्च अदालतले उनलाई क्षतिपूर्ति दिन आदेश दिएको छ ।

दुर्गा प्रसाद हिजो मात्र आफ्नो जन्म घर इलाम फर्किएका थिए । शतक पुग्न लागेकी उनकी आमा उनको बाटो हेरेर बसेकी थिइन । तर उनी बोल्ने अबस्थामा भने थिएनन् ।

उनको मुद्धा लडिरहेका वकिलहरुले पश्चिम बंगाल सरकारलाई तिम्सिनाले क्षतिपूर्ति माग दिन आदेश दिएको छ ।

अदालती प्रक्रियाबिना ४० वर्षदेखि भारतको पश्चिम बंगालका विभिन्न जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका हुन्।

प्रतिक्रिया