काठमाण्डौ – लगातार शेयर मूल्यमा सर्किट सहित तेस्रो हप्ता प्रवेश गरेको चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सोमबार पनि सर्किट लागेको छ ।
आजको सर्किट सँगै कम्पनीको शेयर मूल्य १५ सय ६३ रुपैयाँ पुगेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको १२२० कित्ता मात्र शेयर कारोबार भएको छ भने करिव ४ लाख हाराहारीमा शेयरको लागि मात्र रहेको छ ।
दुई साता अघि दोस्रो बजारमा प्रवेश गरेको कम्पनीको शेयर मूल्य त्यस यता लगातार सर्किट लेवलमा कारोबार भइरहेको छ । कम्पनीको शेयर मूल्य २ हजारको आसपास पुगेर करेक्सन हुन सक्ने जानकारहरुको अनुमान छ ।
लगातार तेस्रो हप्ता सम्म सर्किट हान्ने यो कम्पनी सम्भवत पहिलो शेयर हो ।