साताको दोस्रो दिन प्रिओपनिङ सेसनमा नेप्से २४ अंकले बढ्यो

काठमाण्डौ – साताको दोस्रो दिन सोमबार प्रिओपनिङ सेसनमा नेप्से २४ अंकले बढेको छ ।

आईतबार समेत बजार बढेको थियो । आजको बृद्धिसँगै समग्र बजार २५ सय ६२ विन्दुमा पुगेको छ । यो सेसनमा आज ५९ कम्पनीहरुको २ करोड भन्दा धेरैको कारोबार भएको छ ।

कारोबार भएका ४१ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ५ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । आज किसान लद्युवित्तको सबै भन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया