काठमाण्डौ । आज सोमबार तीन कम्पनीहरुको लाभांस सुरक्षित गर्ने अन्तिम दिन हो ।
डिप्रोक्स लद्युवित्त,माहुली लद्युवित्त र सांग्रिला विकास बैकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । चैत्र ९ गते बुक क्लक्लोज हुने कम्पनीहरुले यस अघिनै जानकारी दिइसकेका छन ।
कम्पनीको साधारण सभाको लागि आजदेखि बुकक्लोज गर्न लागेका हुन । डिप्र्रोक्सले १५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद बोनस घोषणा गरेको छ । कम्पनीकाे चैत्र २० गते साधारण सभा छ ।
त्यस्तै महुली लघुवित्त वित्तीय संस्थाले पूँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि १।०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५१० रुपैयाँ नगद लाभांश वितरण गर्न चैत २५ गते साधारण सभा बोलाएको छ ।
सांग्रीला डेभलपमेन्ट बैंकले पनि चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । २३ गते साधारण सभा बोलाएको छ ।