काठमाण्डौ – विभिन्न सञ्चार माध्यमबाट शेयर मूल्यमा प्रभावित पार्ने खालका समाचार आए पनि नेप्सेले नेपाल पूर्वाधार बैकलाई गत विहिबार नेप्सेले स्पष्टीकरण सोधेको थियो ।
बैंकले जवाफमा वण्ड जारी गर्ने बैंकको पहिलेकै योजना रहेको बताएको छ । बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकले वार्षिक प्रतिवेदनहरु र साधारण शेयरको निश्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत खुलस्त पारिसकेको जनाएको छ।
कम्पनीले नियामक निकायमा समेत वण्ड जारि गर्न अनुमती लिइसकेको बताएको छ । लाभांशको सम्बन्धमा पनि बैंकले शेयर जारी गर्ने समयमानै प्रकाशित गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको बैंकले जनाएको छ।